पोर्चुगलस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई यहाँ पनि मान्यता दिन औपचारिक प्रस्ताव गरेको छ । बिहीबार नेपाली राजदूतावासका प्रतिनिधि र पोर्चुगलको यातायात संस्थानका विभाग प्रमुखबीच यस विषयमा छलफल भएको हो ।
पोर्चुगलको राजधानी लिस्वनस्थित पोर्चुगल सरकारको यातायात संस्थान (आइएमटी) को कार्यालयमा भएको दुईपक्षीय भेटवार्तामा नेपाली दूतावासका तर्फबाट नियोग उपप्रमुख शत्रुध्वन पोखरेल र प्रथम सचिव रामबाबु नेपाल र पोर्चुगलको यातायात संस्थानको सवारी चालक अनुमतिपत्र विभागका प्रमुख सुसाना पाउलिनो सहभागी थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित
फेवा महोत्सवमा पर्यटक बिच रमाइलो दौड