logo tiger cup

पेट्रोलियम पदार्थमा जोरबिजोर प्रणालीमा बहस हुदैँ

News Logoपरिचित खबर 3 हप्ता अगाडि
87 2 minutes read

पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा र अभावको हल्लाबिच नेपाली बजारमा सवारी साधन सञ्चालनमा जोरबिजोर लगाउने चर्चा चल्न थालेको छ । 

यातायातमा जोरबिजोर लगाउने आधिकारिक निकाय यातायात व्यवस्था विभाग हो । तर विभागले अहिलेसम्म यससम्बन्धी कुनै निर्णय नगरेको विभागका निर्देशक श्रीकान्त यादव बताउँछन् । 

उनका अनुसार पश्चिम एसियामा देखिएको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएको अवस्थामा जोरबिजोर गर्न सकिनेबारे कुराकानी भए पनि अहिलेसम्म यस्तो निर्णय भएको छैन । ‘छलफल भइरहेको छ तर, ठोस निर्णय भएको छैन,’ निर्देशक यादवले भने । 

अर्कोतिर नेपालमा पेट्रोलियम पदार्थको आयात र बिक्री वितरणको मुख्य जिम्मेवारी रहेको नेपाल आयल निगमले आपूर्ति प्रणालीमा अहिलेसम्म कुनै समस्या नरहेको जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुर मूल्य वृद्धि भएर आए पनि अहिलेसम्म आपूर्तिमा कुनै समस्या नरहेको बताउँछन् । 

अहिले देशमा निर्वाचन सम्पन्न भएको तर नयाँ सरकार गठन नभएको अवस्था छ । देशमा कामचलाउ सरकार भएको अवस्थामा निगमले मूल्य निर्धारणको लागि नयाँ सरकारलाई पर्खेको देखिन्छ । नयाँ सरकारले दिने निर्णयका आधारमा मूल्यसम्बन्धी निर्णय गर्ने निगमको तयारी छ। 

प्रतिक्रिया दिनुहोस