कलश सहकारीद्वारा नयाँ वर्ष २०८३ को क्यालेन्डर विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न
२२ चैत्र, पोखरा ।कलश बचत तथा ऋण सहकारी संस्था लि., न्युरोडले आउदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले नयाँ बर्षको अवसरमा आपसी सद्भाव, सहकार्य र शुभेच्छा साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुदीप अधिकारीले नयाँ वर्ष २०८३ ले सम्पूर्ण शेयर सदस्य, तथा शुभेच्छुकहरूमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गरे । उनले सहकारीले आर्थिक समृद्धिका साथै सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजक विजेन्द्र शर्मा पौडेलले सहकारी संस्थामा पारदर्शिता, उत्तरदायित्व र अनुशासनको महत्व औंल्याउँदै नयाँ वर्षले संस्थालाई थप सुदृढ र विश्वासिलो बनाउने विश्वास व्यक्त गरे । उनले सदस्यहरूको सक्रिय सहभागिता र सहयोगबाट सहकारीको दिगो विकास सम्भव हुने धारणा राखे । कोषाध्यक्ष एकराज गिरीले नयाँ वर्षले आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा ल्याउने विश्वास व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गरे।
उक्त अवसरमा नयाँ वर्ष २०८३ को क्यालेन्डर संस्थाका अध्यक्ष सुदीप अधिकारी, लेखा समिति संयोजक विजेन्द शर्मा पौडेल, कोषाध्यक्ष एकराज गिरी, उपाध्यक्ष मधु सुबेदी, व्यवस्थापक विनिता शर्मा अधिकारी, सचिव रुपकराज मिश्र, शिक्षा उपसमिती संयोजक सन्जय मल्ल तथा सदस्यहरू प्रभा राजभाट, आनन्द भुषाल र पुष्पराज त्रिपाठीले संयुक्त रूपमा लोकार्पण गरेका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरुले नयाँ बर्षको शुभकामना राखेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित