शङ्कर ग्रुपका अध्यक्ष अग्रवाल हाजिरी जमानीमा रिहा, छाेरा सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाललाई हाजिरी जमानीमा रिहा गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका अग्रवाललाई बोलाउदा उपस्थित हुने गरी छाडेको विभागले जनाएको छ ।
उनका छाेरा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध भने ५ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो । बहस सकिएसँगै उनलाई ५ दिन म्याद थप गरिएको जिल्ला अदालत काठमाडौँका प्रवक्ता दीपक कुमार श्रेष्ठले जानकारी दिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित