मुस्ताङमा आज फेरि हिमपात भएको छ, देशभरीकाे माैसम प्रभावित भैरहेकाे बेला आज दिउँसो ११ः०० बजेदेखि बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा पुन व्यापक हिमपात भएको हो।
यसअघि गत शनिबार र सोमबार पनि मुस्ताङमा भारी हिमपात भएको थियो। चैत महिना सकिन लाग्दा मुस्ताङमा पटकपटक हिमपात र वर्षा हुने क्रम रोकिएको छैन।
गर्मीयाम सुरु भइसक्दासमेत हिमपात हुने क्रम नरोकिँदा मुक्तिनाथ मन्दिरको दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकको यात्रा कष्टकर बनेको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित
फेवा महोत्सवमा पर्यटक बिच रमाइलो दौड