logo tiger cup

चीन र अमेरिकाबीच व्यापारिक तनाव चर्किने सम्भावना

News Logoपरिचित खबर 5 घण्टा अगाडि
87 2 minutes read

अमेरिका र चीनबीच व्यापारिक तनाव फेरि चर्किने सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर लगाउने चेतावनी दिएपछि चीनले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने सन्देश दिएको छ ।

चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट अमेरिकाले सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो । इरानलाई हतियार सहयोग गरेमा चिनियाँ सामानमा ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पले चेतावनी दिनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यम ‘सीएनएन’ ले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै चीनले आउँदो केही हप्ताभित्र इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउन सक्ने सङ्केत गरेको खबर सार्वजनिक गरेको थियो । यसअघि ‘द न्युयोर्क टाइम्स’ ले पनि चीनले इरानलाई मिसाइलहरू पठाएको हुन सक्ने दाबी गरेको थियो ।

तर चीनले यी सबै आरोपलाई पूर्णरूपमा अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा ती रिपोर्टहरू ‘पूर्णतया बनावटी’ भएको प्रतिक्रिया दिनुभयो । उहाँले अमेरिकाले यस्ता दाबीलाई बहाना बनाएर थप कर लगाउने प्रयास गरे चीनले कडा प्रतिक्रिया दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस