भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला भलिबल टोलीले घरेलु मैदानमा हुने काभा वुमन्स भलिबल च्याम्पियनसिप २०२६ को यात्रा सुरु गर्नेछ ।
सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) ले सार्वजनिक गरेको च्याम्पियनसिपको खेलतालिका अनुसार नेपाल र भारतसँगै कीर्गिस्तान र माल्दिभ्स समूह ए मा छन् । ८ टोली सहभागी हुने च्याम्पियनसिपको समूह बी मा इरान, कजाखस्तान, श्रीलंका र बंगलादेश छन् ।
काभाले आयोजना गर्ने पछिल्ला प्रतियोगिताहरुमा नेपालले नियमितजसो भारतसँग खेल्दै आएको छ । त्यति मात्र नभई दक्षिण एसियाली खेलकुद, एसियन गेम्समा पनि नेपाल र भारतले एक आपसमा खेल्दै आएका छन् ।
महिला भलिबलमा पछिल्लो समय नेपाल र भारतबीचको ‘राइभलरी’ ले खुबै चर्चा पाउन थालेको छ । कुनै समय भारतलाई एक सेट हराउन पनि नेपाललाई मुस्किल पर्थ्यो । तर पछिल्लो समय नेपालले भारतसँग नियमित खेल्दा भारतविरुद्ध सेट जित्ने मात्र होइन भारतलाई नै पराजित गर्न समेत नेपाल सफल भइसकेको छ ।
जेठ ८ देखि १५ गतेसम्म घरेलु कोर्टमै काभा वुमन्स भलिबल च्याम्पियनसिप आयोजना हुँदैछ र फेरि एक पटक नेपालले भारतसँग खेल्ने पक्का भएको छ ।
एकै समूहमा रहेका यी दुई टोली पहिलो खेलमै आमने सामने हुनेछन् । दुवै टोलीका लागि सेमिफाइनल पुग्नका लागि पहिलो खेल महत्वपूर्ण हुनेछ । नेपालले पहिलो खेल जित्दै विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा
भर्खरै प्रकाशित