पोखराको फिर्के खोला किनार अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउने काम आजबाट सुरु भएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ‘फिर्के करिडोर परियोजना’ पोखराको दीर्घकालीन शहरी विकास, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडिएको महत्वाकांक्षी योजना भएको बताएका छन् ।
सामाजिक सन्जाल फेसबुकमा आज स्टाटस लेख्दै उनले फिर्के करिडोरलाई नयाँ शहरी पहिचान दिलाउने लक्ष्य रहेको बताएका छन् । फिर्के करिडोरलाई केवल खोला संरक्षणको परियोजनामात्र नभई पोखरालाई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर शहर का रूपमा स्थापित गर्ने दूरदर्शी अभियानका रूपमा उनले प्रस्तुत गरेका छन् ।महानगरले वडा नम्बर १८ अधेरीकुनादेखि वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ फेवाताल–गाईघाटसम्म फैलिएको करिब ८ किलोमिटर लामो फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर विकास गर्ने लक्ष्य लिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा
भर्खरै प्रकाशित