कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना : सावधानी अपनाउन आग्रह
आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ । आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रुपन्देहीलगायतका जिल्लामा हावाहुरीको सम्भावना छ । हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रुख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्ताउन सक्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ ।
आज लुम्बिनी प्रदेशको तराई भागका एक/दुई ठाउँमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई