जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आज देशैभर वर्षाको सम्भावना औंल्याएका छन् । रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर भएको वर्षाले गर्मीमा राहत मिलेको छ ।
मौसमविद बिनु महर्जनका अनुसार गण्डकी र लुम्बिनीका केही जिल्लामा अहिले पनि पानी परिरहेको छ । पानी पार्ने यो प्रणाली क्रमश: पूर्वतिर सरिरहेको छ । त्यसको प्रभावले काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो । ‘अहिले केही कम भए पनि आज दिउँसो देशैभर वर्षा हुने सम्भावना छ । आजै राति तराई र पहाडी क्षेत्रमा हावाहुरी चल्नसक्ने सम्भावना पनि छ,’ मौसमविद महर्जनले भनिन्, ‘केहीबेर रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ ।’
मौसमविद महर्जनका अनुसार हिजो र आज सक्रिय पानी पार्ने प्रणाली आइतबारदेखि क्रमश: सुधार हुँदै जाने सम्भावना छ ।
आइतबार पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने भए पनि तराईतिर पानी पर्न कम हुँदै जाने छ ।
जुन महिनाको २ तारिख अर्थात् जेठ १९ गतेदेखि पानी पर्न अझै कम हुने सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पोखरा एभेन्जर्सको झण्डा सगरमाथाको चुचुरोमा
भर्खरै प्रकाशित
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई