logo tiger cup

काजकिस्तानलाई हराउँदै काभा महिला भलिबल च्याम्पियनशिपकाे उपाधि इरानलाई

News Logoपरिचित खबर 22 घण्टा अगाडि
87 2 minutes read

काजकिस्तानलाई हराउँदै इरानले काभा महिला भलिबल च्याम्पियनशिपको उपाधि जितेकाे छ । गएकाे संस्करणकाे उपाधि पनि इरानले जितेकाे थियाे ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा इरानले काजकिस्तानलाई ३–१ काे सेटमा हरायाे ।

इरानले पहिलाे सेट २५–१८, तेस्राे २५–१५ र चाेथाै सेट २५–२१ ले जित्याे । काजकिस्तानले दाेस्राे सेट २५–१९ ले जित्याे ।

याेसँगै विजेता बनेकाे इरानले स्वर्ण र उपविजेता बनेकाे काजकिस्तानले रजत पदक जितेकाे छ । 

आजै तेस्राे स्थानका लागि भएकाे खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जित्यो । नेपालले तेस्रो सेट २५–१५ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस