logo tiger cup

पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई

News Logoपरिचित खबर 59 मिनेट अगाडि
87 2 minutes read

जेष्ठ १६,पोखरा

पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्टको उपाधी तालपारी टिमले जितेको छ । बि–फिट फुटसलमा शनिबार भएको फाइनल खेलमा टिम ९११ लाई ६–३ गोल अन्तरले पराजित गर्दै तालपारीले सो उपाधी जितेको हो । तालपारीको जितमा सुजन थापा र सिद्धान्त श्रेष्ठले २–२ तथा सुन्दर मगर र कुञ्जन पौडेलले १–१ गोल गरे । टिम ९११ को तर्फबाट सुसान्त सेञ्चुरी, प्रसान्त गुरुङ र हर्षभ बोहराले १–१ गोल गरे ।

जितसंगै तालपारीले नगद रु २० हजार सहित शिल्ड, मेडल प्रमाण–पत्र पुरस्कार पायो । द्वितिय स्थान हाँसिल गरेको टिम ९११ ले नगद १० हजार सहित शिल्ड, मेडल प्रमाण–पत्र पुरस्कार पायो । विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पिसिएम कलेज सञ्चालक समितिका सदस्य एवं बोर्ड डाइरेक्टर प्राञ्जल कायस्थ, कलेजका प्रिन्सिपल लिना नेगी श्रेष्ठ, बिबिए दिवा तथा बिबिए फाइनान्स संयोजक सरोज कुँवर, प्रतियोगिता संयोजक प्रतिक राई लगायतले पुरस्कृत गर्नुभयो ।  

युवा नेतृत्व विकास तथा विद्यार्थी मैत्री गतिविधी बढाउने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताउनुभयो । उहाँले प्रतियोगिताका विजेता, उप–विजेता तथा सहभागी समुहहरुका लागि कलेजको तर्फबाट गोल्डेन र सिल्भर स्कलरशिपको घोषणा पनि गर्नुभयो ।  

‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगिता पोखराका विभिन्न २३ कलेजका विद्यार्थीहरुको समुहले भाग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस