इन्डियन प्रिमियर लिग क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ ।
पहिलो क्वालिफायरमा बेङ्गलुरुले गुजरातलाई हराउँदै र दोश्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन् । आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक पटक उपाधि जितेका छन् ।
आरसीबी साविक विजेता टोली हो भने गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित