logo tiger cup

अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्दै

News Logoपरिचित खबर 8 घण्टा अगाडि
87 2 minutes read

अमेरिका, बेलायत र अष्ट्रेलियाले ‘ओकस’ भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्रमुनि सुरक्षा र रक्षा बढाउन पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन् । सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन देशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन् । अर्को वर्षसम्ममा मानवरहित पनडुब्बी अर्थात् अनक्रुड अन्डरसी भेहिकल प्रविधि (यूयूभी) तयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षामन्त्री जोन हेलीले आफ्नो देशले १५ करोड पाउन्ड योगदान गर्ने बताउनुभएको छ । सन् २०२१ मा शुरू भएको ओकस रक्षा सम्झौताले तीन देशहरूले आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस