फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने ४ बजे साविक विजेता अर्जेन्टिना र केब भर्डे खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा हुनेछ ।
अर्जेन्टिना समूह ‘जे’ को विजेता र केब भर्डे समूह ‘एच’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
पहिलाे पटक विश्वकप खेलिरहेकाे केब भर्डे समूह चरणको पहिलाे खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो । स्पेनका खेलाडीले प्रहार गरेका २७ मध्ये ७ वटा गोलपोस्टभित्र थिए । तर केब भर्डेका गाेलकिपर भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै सन् २०१० को विजेता स्पेनलाई बराबरीमा रोकेका थिए ।
याे विश्वकपमा अर्जेन्टिनाका लियाेनल मेसीले ६ गाेल गरिसकेका छन् । केब भर्डेका लागि मेसीलाई राेक्नु ठूलाे चुनाैती हुनेछ ।
याे विश्वकपमा ४ वटा टाेली नयाँ थिए । केब भर्डे नकआउटमा पुग्दा कुरासाओ, जाेर्डन र उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिए ।
त्यसअघि विश्वकप फुटबलकाे नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन् । यो खेल राति पौने १२ बजे अमेरिकाको डालास रङ्गशालामा शुरू हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित