logo go bungy

नेपाल–चीन सीमावर्ती क्षेत्रमा ड्रोन उडाएको आरोपमा पक्राउ परेका २ युवा रिहा

News Logoपरिचित खबर 3 हप्ता अगाडि
87 2 minutes read

नेपाल–चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका २ जना नेपाली युवा आज रिहा भएका छन् ।

चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चाेककाे तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिना र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेलसहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार चिनियाँ पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ । अब थप प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाउने तयारी छ ।

गएकाे असार १२ गते लप्ची घुम्न गएका बेला काठमाण्डौका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए । ड्रोन चिनियाँ भागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस