पोखरा कलेज अफ म्या नेजमेन्टमा बि बि ए आठौँ सेमेस्टरका विद्यार्थी हरूले शुक्रबा र नमुना पत्रका र सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। कलेजको सभा कक्षमा सम्पन्न का र्यक्रममा दुईवटा सेक्सनका ६९ जना विद्यार्थी हरूले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुती करण गरेका थिए।
विद्यार्थी हरूको समूहले फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको , पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य सङ्घले रोजगार मेला आयोजना गरेको विषयमा नमुना पत्रका रसम्मेलन प्रस्तुत गरेका थिए। त्यसै गरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इन्कर्पो रेसनको विद्युतीय गाडी आयातको विवाद र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिका मा प्रस्तुत भई अभ्यास गरेका थिए।
बि बि ए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थी हरूले कार्यक्रम मार्फत मिडिया सँग समन्वय गर्ने सीप सिकेको कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले बताए ।
यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडिया सँग सम्बन्ध राख्न, पत्रका र सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरू भरत कोइरा ला , शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थी हरूको प्रस्तुती करणमा टिप्पणी तथा मूल्या ङ्कन गर्नुभएको थियो । पोखरामा लामो समयदेखि पत्रकारिता गरि रहनुभएका पत्रकारहरूबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठ पोषण पाउँदा वास्तविक सिकाइ भएको कार्यक्रममा सहभागी विद्यार्थी शोयम शर्मा ले बताए ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन सङ्कायमा अध्ययन अध्यापन गराउँदै आएको छ। हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढी विद्यार्थीहरू बि बि ए, बि बि ए फाइनान्स र बि सि एस आइटी कार्यक्रममा अध्ययन गरि रहेका छन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित