विश्वकपः स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, सेमिफाइनल समीकरण पूरा
स्वीट्जरल्याण्डमाथि रोमाञ्चक जित हात पार्दै साविक विजेता अर्जेन्टिना सन् २०२६ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो ।
लको १२०ं+१ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका हुन्। खेलको सुरुवाती समयदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको यस भिडन्तमा सुरुवाती अग्रता अर्जेन्टिनाले लिएको थियो। खेलको १० औँ मिनेटमै अलेक्सिस म्याक अलिस्टरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा स्वीट्जरल्याण्डले उत्कृष्ट पुनरागमन गर्यो। ६७ औँ मिनेटमा ड्यान एनडोएले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको लगत्तै ७२ औँ मिनेटमा ब्रेल एम्बोलोले रातो कार्ड खाएपछि स्वीट्जरल्याण्ड १० खेलाडीमा सिमित भयो। त्यसपछि निर्धारित समय बराबरीमा सकियो।
खेलको ११२ औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले गोल गर्दै खेललाई २–१ को रोमान्चक स्थितिमा पुर्याए। खेलको अन्तिम समयमा मार्टिनेजले अर्जेन्टिनालाई ३–१ को जित दिलाए।
फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ। आज विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट इंल्यान्डसँग हुने निश्चित भएको छ। अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्नेछन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
रारा पोखरा स्पोर्ट्स अवार्डमा ७ लाख ७१ हजार रुपैयाँ बचत
कर्णालीका मुख्यमन्त्री यामलालले दिए राजीनामा