नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।शुक्रबार तोलामा दुई हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ।शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित