logo go bungy

कास्कीकाे माेदी खोलामा ठुलाे बाढी, घान्द्रुक र अन्नपूर्ण आधार शिविर जाने सडक पूर्ण रुपमा अवरुद्ध

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

अविरल वर्षासँगै आएको बाढीले आइतबार दिउँसो कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकजाने सडक अन्तर्गतकाे स्याउलीबजारका रेष्टुरेन्टहरू बगाएको छ । बाढीले स्याउलीबजार नजिक बाटो समेत कटान गर्दा घान्द्रुक र अन्नपूर्ण आधार शिविर पुग्न आउजाउ गर्ने सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ ।

अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलाको पानीको सतह बढ्दा विभिन्न भागमा क्षति भएको हो।

आइतबार दिउँसो करिब ३ बजेतिर अचानक मोदी खोलामा आएको बाढीले स्याउली बजारमा खाेला छेउमा रहेका रेष्टुरेन्टहरू बगाएको हो।  

 

प्रतिक्रिया दिनुहोस