आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको जोखिम छ ।
सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलाली जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बाढीको जोखिम क्षेत्रका नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाको आग्रह छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
रारा पोखरा स्पोर्ट्स अवार्डमा ७ लाख ७१ हजार रुपैयाँ बचत
कर्णालीका मुख्यमन्त्री यामलालले दिए राजीनामा