logo krishi add

युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना हुँदा ७४ जनाको ज्यान गयो

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

       युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस र युक्रेनको सीमामा हिजो भएको विमान दुर्घटनापछि रुसले 'युक्रेनी कैदीहरूको जीवनसँग खेलवाड गरेको' आरोप लगाएका छन् ।

जेलेन्स्कीले रुसीहरूले युक्रेनी कैदीहरूको जीवन, उनीहरूका आफन्तहरूको भावना र समग्र युक्रेनसँग खेलिरहेको आरोप लगाएका  हुन् । उहाँले युक्रेनको सीमा नजिकै बेल्गोरोड क्षेत्रमा हिजो भएको विमान दुर्घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन् ।

रुसी संसद्का सदस्य आन्द्रेई कार्तापोलोभले भने दुर्घटना भएको विमानमा ३ वटा मिसाइल ठोक्किएको दाबी गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार हिजोको दुर्घटनामा जहाजमा रहेका सबैको ज्यान गएको छ।

जहाजमा रहेका ६५ जना युक्रेनी युद्धबन्दीहरू,  ६ जना  रुसी चालक दलका सदस्य र ३ जना सुरक्षागार्ड गरी सबै ७४ जनाकै ज्यान गएको  जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस