देशभर अहिलेसम्म १ लाख ३७ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि विभागले देशभर झन्डै १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाइँ ०.४ प्रतिशतले बढेको छ ।
देशभर झन्डै १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्छ । अस्ति असार ८ गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत र बागमती प्रदेशमा २.३ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशमा झन्डै ५ प्रतिशतमात्र रोपाइँ भएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएको र रोपाइँका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाइँ धमाधम हुन सकेको छैन । मौसम अनुकूल नहुनु, मलको अभावजस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने
भर्खरै प्रकाशित
देशभर अहिलेसम्म १ लाख ३७ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ
इस्लामिक देशसँग मिलेर अघि बढ्न इरान तयार