logo tiger cup

फिफा विश्वकप फुटबलमा ब्राजिल र स्कटल्यान्डबीचको खेल भोलि बिहान

News Logoपरिचित खबर 15 घण्टा अगाडि
87 2 minutes read

ब्राजिल र स्कटल्यान्डबीचको खेल भोलि बिहान पौने ४ बजे अमेरिकाको मियामी रङ्गशालामा शुरू हुनेछ ।  ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको थियो भने हैटीलाई ३–० ले हराएको थियो । स्कटल्यान्डले हैटीलाई १–० ले हराएको थियो भने मोरक्कोसँग १–० ले पराजित भएको थियो ।

५ पटकको विश्व विजेता ब्राजिल र स्कटल्यान्डबीच विश्वकपमा अहिलेसम्म ४ पटक भेट भएको छ । ३ वटा खेल ब्राजिलले जित्दा एउटा खेल गोलरहित बराबरीमा सकिएको छ ।

विश्वकपमा आज राति पौने १ बजे समूह ‘बी’ का २ वटा खेल हुँदैछ । स्विट्जरल्यान्ड र घरेलु टोली क्यानडाबीचको खेल बीसी प्लेस भ्यानकुभर तथा बोस्निया एन्ड हर्जगोभिना र कतारबीचको खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ । स्विट्जरल्यान्डले कतारसँग १–१ को बराबरी खेलेको थियो भने बोस्नियालाई ४–१ ले हराएको थियो । यस्तै क्यानडाले बाेस्नियासँग १–१ काे बराबरी खेल्दा कतारलाई ६–० ले हराएकाे थियाे ।

यस्तै बिहान पौने ४ बजे समूह ‘सी’ का मोरक्को र हैटीबीचको खेल अमेरिकाको एटलान्टा रङ्गशालामा हुनेछ ।

यस्तै बिहान पौने ७ बजे समूह ‘ए’ २ वटा खेल हुँदैछ । दक्षिण अफ्रिका र दक्षिण कोरियाबीचको खेल मेक्सिकाको मोन्टेरी रङ्गशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिकोबीचको खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ । दक्षिण अफ्रिका मेस्सिकाेसँग २–० ले पराजित भएकाे थियाे भने चेकसँग १–१ काे बराबरी खेलेकाे थियाे । यस्तै दक्षिण काेरियाले चेकलाई २–१ ले हराएकाे थियाे भने मेक्सिकाेसँग १–० ले पराजित भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस