logo tiger cup

रास्वपा महाधिवेशन प्रतिनिधिसभा बैठक सरेर पर्सि हुने

News Logoपरिचित खबर 15 घण्टा अगाडि
87 2 minutes read

 भोलि बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पर्सि शुक्रवारका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो ।

यसअघि भोलि बिहान ११ बजे बस्ने गरी बैठक बाेलाइएकाे थियो । तर आज सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते अर्थात् पर्सि शुक्रवार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

चितवनमा चलिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन धकेलिएका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस