बाग्लुङमा मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको छ ।यो सडकका लागि पाँच करोड रुपैयाँ विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँले तेस्रो खण्डअन्तर्गत पैराखर्क–शिवालय–पिपलथर–करलिम पनि चालू आर्थिक वर्षमा स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित