विश्वकप फुटबल चलिरहँदा हुने सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न प्रहरीकाे आग्रह रहेको छ । यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेकोले आफ्नो सामाजिक सञ्जालमा भिडियोमार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको छ ।
नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार–प्रसार बढ्दै गएको छ । सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यममार्फत सजिलै आम्दानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरुपयोग हुने सम्भावना समेत रहने जनाएको छ । यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ ।
नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैरकानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित