logo go bungy

लागुऔषध नेदरल्यान्डबाट पोखरा सप्लाइ गर्ने क्रममा एक भारतीय नागरिक पक्राउ

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

लागुऔषध एलएसडीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत केरलाका २८ वर्षका आयुष अजितलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।


पोखराको लेकसाइड क्षेत्रमा भारतीय नागरिकको आवागमन बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी तीव्र पारेको थियो । निगरानीकै क्रममा ३० वैशाखमा दिउँसो २ बजे पोखरा–७ सहिदचोकस्थित हुलाक कार्यालय वरपर एक भारतीय युवक शंकास्पद अवस्थामा हिँडिरहेको फेला परे । ती युवकले नेदरल्याण्ड्सबाट आरएन ४३८०८८९३५ एनएल नम्बरको चिठ्ठी आएको छ भन्दै हुलाकका कर्मचारीसँग सोधपुछ गरिरहेका थिए । होटल गोक्यो लेकको ठेगानामा आएको सो चिठ्ठीका बारेमा प्रहरीले होटलमा बुझ्दा आफ्नो नभएको जानकारी प्राप्त भयो । चिठ्ठी शंकास्पद लागेपछि हुलाकका कर्मचारी र जनप्रतिनिधिको रोहबरमा खोलेर हेर्दा स्टिकर जस्तो देखिने १ हजार थान एलएसडी फेला परेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका ती व्यक्ति वैशाखको तेस्रोसाता पोखरा आएको अनुसन्धानबाट खुलेको छ । उनी पोखरा–१८ सेदीस्थित होली बेसिल गेस्ट हाउसमा बसेका थिए । प्रहरीले सो गेस्ट हाउसको कोठा खानतलासी गर्दा ७ लाख ४० हजार नेपाली रुपैयाँ र १ थान मोबाइल समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस