सुडानको रणनीतिक शहर एल–ओबेदमा भएको ड्रोन आक्रमणमा कम्तीमा २३ जनाले ज्यान गुमाएका छन् ।
सन् २०२३ को अप्रिलदेखि सुडानमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच शुरु भएको सङ्घर्ष निरन्तर चर्किँदै गएको छ । एएफपीका अनुसार ज्यान गुमाउनेमध्ये दुई बालबालिका र एक महिला रहेका छन् । आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेको ट्रकसम्म भएका छन् । एल–ओबेद शहरलाई अर्धसैनिक बलले महिनौँदेखि घेराबन्दीमा राखेको छ । यो शहर डार्फर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना–नियन्त्रित क्षेत्रबीचको मुख्य मार्गमा अवस्थित छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्ष जनवरीदेखि अप्रिलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा ८८० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । हालैका महिनाहरूमा कोर्डोफान र ब्लु नाइल क्षेत्रमा लडाइँ झनै तीव्र बनेको छ । आरएसएफले पश्चिमी डार्फरको एल–फाशर कब्जा गरेपछि द्वन्द्व अझ फैलिएको बताइएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित