सेफ सन्तोष साह पक्राउ परेका छन् । साहलाई बैंकिङ कसुरमा गएराति जनकपुरबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ ।
काठमाण्डौ गैरीधारामा रहेको एक रेष्टुरेन्ट खरिदको विषयमा पुरै रकम नदिएको भन्दै साहविरुद्ध सकुन्तला थापा (अधिकारी)ले मुद्दा दायर गर्नुभएको थियो ।
जिल्ला अदालत काठमाण्डौको अनुमति पाएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रमानन्द चोकबाट साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित