logo go bungy

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् ।

त्रिपाठीले अन्य तीन जना उम्मेदवारलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । यसअघि उनी प्रदेशको महामन्त्री थिए ।

उनीसँगै  यसअघि प्रदेश सभापति एवंम सांसद रहेका राजन गौतममाधव कँडेल र हरिबहादुर कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा गौतमले  १८२ मत पाए । अर्का उम्मेदवार माधव कँडेलले ११ पाए भने  हरिबहादुर कार्कीले जम्मा २ मत मात्रै ल्याए ।

रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए । अधिवेशनमा कूल ७८० प्रतिनिधी रहे पनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस