गएको बिहीवार मध्यरातिदेखि फिफा विश्वकप २०२६ चलिरहेको छ । विश्वकप फुटबलको इतिहासमा ४८ टोली, १ सय ४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ उपाधि विजेता पाउनेछ ।
२३औँ संस्करणकाे प्रतियाेगितामा चार पटकको विजेता इटाली लगातार तेस्रो पटक अटाउन सकेकाे छैन । त्यस्तै केप भेर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकप खेल्दैछन् ।
फिफा विश्वकप १६ वटा शहरमा आयाेजना भइरहेका छन् जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानाडाका २ वटा रङ्गशामा समावेश छन् । मेक्सिकाे सिटी रङ्गशालामा उद्घाटन खेल भएकाे प्रतियाेगिताकाे फाइनल खेल आउँदाे जुलाई १९ मा अमेरिकाकाे न्यु जर्सीमा रहेको मेटलाइफ रङ्गशालामा हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित