logo go bungy

नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको निधन

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

पोखरामा आइतबार साँझ भएको सडक दुर्घटनामा परी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य ३२ वर्षीय राजीव बाँस्तोलाको निधन भएको छ । पोखराको सिर्जनाचोक र सभागृहचोकको बीचमा बा प्र ०३–००१ क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । कास्की जिल्ला सहकारी संघको तालिमबाट घर फर्किने क्रममा साढे ५ बजेतिर यो दुर्घटना भएको हो ।

मिक्स्चरले पछाडिबाट ठक्कर दिएपछि सडकमा लडेका बाँस्तोलालाई तत्काल नजिकैको मेट्रोसिटी अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरे ।

 

प्रतिक्रिया दिनुहोस