logo go bungy

आइभरी कोस्टद्वारा इक्वेडर १–० ले पराजित

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको छ । फिलाडेल्फियामा केहीबेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो । अमद डियालोले ९०औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ‘ई’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गएराति कुराकाओलाई ७–१ ले पराजित गर्दै बलियो शुरुवात गरिसकेको छ । समान ३ अंक भएपनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ । इक्वेडर र कुराकाओ भने अहिलेसम्म अंकविहीन छन् ।

अब आइभरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा नेपाली समायानुसार अहिले विहान पौने ८ बजे समूह ‘एफ’ का स्वीडेन र ट्युनिसिया खेल्दैछन् । 

प्रतिक्रिया दिनुहोस