आज बिहान भएको खेलमा घानाले पानामालाई १–० गोलले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो ।
खेलभर दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी कायम थियो । तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब केरान्तीले निर्णायक गोल गरे । खेलको अन्तिम क्षणमा आएको उक्त गोल नै घानाको जीतका लागि पर्याप्त बन्यो । जीतसँगै घानाले समूह ‘एल’ को अङ्क तालिकामा तीन अङ्क जोडेको छ । पनामा भने पहिलो खेलमै पराजित हुँदै अङ्कविहीन बनेको छ ।
घानाले खेलभर संयमित प्रदर्शन गर्दै पनामाको रक्षापंक्तिलाई दबावमा राखेको थियो । पनामाले पनि केही अवसर बनाएको भए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित